सुन प्रतितोला १८ सयले घट्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेर आज मंगलबार  ९७ हजार १०० रुपैयाँमा कायम भएको सुनचादी ब्यबसाय संघले जनाएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कायम भएको छ ।

Loading...