पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने

काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने भएका छन्।

पीएसजीले यसबारेमा आधिकारिक घोषणा नगरे पनि मौरिसियोले क्लब छाड्ने विषयमा दुवै पक्षबीच सहमति भैसकेको छ।

मौरिसियोले क्लब छाड्ने भएसँगै पीएसजीको नयाँ प्रशिक्षकका लागि जिनेदिन जिदान, जोसे मौरिन्हो र क्रिस्टाँफ गाल्टिएरको नाम चर्चामा छ।

पीएसजीले पछिल्लो समय फ्रेन्च लिगको उपाधि जिते पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन भने असफल भयो।

Loading...