क्रसफायरका ३ मोटरसाइकलको मूल्य ह्वात्तै बढ्यो

काठमाडौँ । सरकारले कर नीति अदलबदल गरेको असर सवारीसाधनको मूल्यमा देखिनथालेको छ। कम्पनीहरुले धमाधम मूल्य बढाउन थालेका हुन्।

क्रसफायर मोटरसाइकल नेपालले आफ्ना तीन सेग्मेन्टका बाइकको मूल्य अपडेट गरेको हो।

यसअनुसार क्रसफायर आरएम २५० को मूल्य ८ लाख ८८ हजार पुगेको कम्पनीले जनाएको छ। यसअघि यो बाइकको मूल्य ७ लाख ४८ हजार रुपैयाँ थियो।

त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य पनि ७ लाख ७० हजार पुगेको छ। कम्पनीका अनुसार यसअघि यो ६ लाख ७० हजार रुपैयाँमा आउँथ्यो।

त्यस्तै क्रसफायर ट्याकर २५० को पनि मूल्य बढेको छ। कम्पनीका अनुसार ३ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको यो बाइकको लागि ग्राहकले अब ४ लाख १० हजार रुपैयाँ तिर्नुपर्नेछ।

अपडेट भएको मूल्य यही जेठ ३० गतेबाट अर्थात् आजैदेखि कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ।

यी मोटरसाइकलहरु नेपालमा अधिकृत बिक्रेताको रुपमा क्लासिक ह्विल्सले गर्दैै आएको छ।

Loading...