पेट्रोलमा आठ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढ्यो

काठमाडौँ –  नेपाल आयल निगमले पेट्रोलमा ८ रुपैया र  डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएको छ । गत साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले बिहिबार रातिदेखि नयाँ भाउ बढाइएको सूचना जारी गरेको हो  ।

अघिल्लो साता पेट्रोलको भाउ १८० रुपैयाँबाट १७० मा झारिएको थियो । अब बढेको नयाँ मूल्य पेट्रोल  तिलिटिर १७८ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएर १६५ पुर्याइएको छ ।

 

Loading...