मन्त्री श्रेष्ठको सचिवालय द्वारा बिना तथ्य प्रायोजित गरिएका समाचारप्रति दुःख व्यक्त ,समाचार हटाउन आग्रह

काठमाडौँ । विभिन्न अनलाइन संचार माध्यममा सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको  बारेमा प्रकाशित भ्रामक समाचारको  बारेमा  मन्त्री सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।

ननस्टप खबर संग  मन्त्री श्रेष्ठमा स्वकी सचिव सुरज महर्जले आज विभिन्न अनलाइन समाचारमा  प्रकाशित भनिएका जस्तो कुनै त्यस्ता किसिमका घटना नभएको बताए । उहाले भने  ‘ माननीय दुवै जना सांसद ज्युहरु संग मन्त्रीज्यु संग आफ्नो क्षेत्रमा छुट्याइएको बजेट बारे सामान्य कुराकानी चली रहदा म अगाडिनै उपस्थित थिए , सौहाद्र पूर्ण वातावरनामा सो बिषयमा भएको कुराकानी अचानक कपोल कल्पित हुददै नभएको भ्रामक समाचार बाहिर आएको देख्दा निकै आश्चार्य लाग्यो । ’ 

यसैगरी  सांसद  राम बाबू यादव  र अर्का सांसद  हरि नारायण रौनियारको दुवै  निर्वाचन क्षेत्रमा  विकाश निर्माणका बारेमा सामान्य नियमित छलफल मात्र भएको उहाले बताए  ।

 

Loading...