काठमाडौँको फोहर भोलिबाट उठ्ने , यसरी भयो सम्झौता

 जेठ २३ ,काठमाडौँ ।  लामो समयसम्म उठ्न नसकेको काठमाडौं महानगरपालिकाको सडकमा थुप्रिएको फोहोर उठ्ने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार बसेको सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरुबीचको बैठक पछी जनप्रतिनिधिहरुको बीच भएको छलफलले मंगलबार भोलिबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

  बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता बैठकले स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएपछि काठमाडौंमा थुप्रिएका फोहोर उठाउने सहमति भएको जनाइएको छ ।    

सहमतिअनुसार महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने, उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने वर्गीकरण गर्ने , हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने  प्रतिवद्धता जनाएको छ । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको छ  ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायतले फोहोर गत १४ जेठबाट उठाउन सकेका छैनन् ।
 
Loading...