सुनको मूल्य प्रतितोला नौ सयले बढ्यो

जेठ २० ,काठमाडौँ  । सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले बढेर ९८ हजार पाँच सय कायम भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार । अघिल्लो दिन प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार २९० रुपियाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ ।

Loading...