एक इन्जिन हेलिकप्टरमा दुइजना पाइलट राख्न निर्णय कार्यान्वयन गर्न असम्भव : संघ

जेठ २० , काठमाडौँ । नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा सार्वजनिक  हो ।

 दुई पाइलट राख्दा तलब खर्च बढ्न गइ ब्यबसाय धन्न नसकिने  नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका पाइलट सहित सात जना सम्मले यात्रा गर्न सक्ने  एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । 

Loading...