साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, नराखे यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सार्वजनिक तथा निजि सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । ट्राफिक प्रहरीले  इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि अनुगमन गरि  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने जनाएको  छ।  

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।

मोटरसाइकललगायत साना-ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।