उपत्यकाको फोहर बन्चरेडाँडा ल्यान्डफिल साइटमा ब्यबस्थापन गर्न सुरु

काठमाडौँ –  उपत्यकामा लामो समय देखि थुप्रेको फोहर बन्चरेडाँडा ल्यान्डफिल साइटमा ब्यबस्थापन गर्न सुरु गरिएको छ ।  बन्चरेडाँडा ल्यान्टफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आज मङ्गलवारदेखि उपत्यकाको फोहर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो । 

नुवाकोटको सिसडोल ल्यान्डफिल साइट फोहरले भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमाना छत्रे देउराली धुनु वेशी वडा न ९ स्थित बन्चरे डांडा ल्याण्ड फिल्ड साइड  निर्माणको काम सुरु गरेको थियो । 

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाण्डाै महानगरपालिकाले साेमवार राति नै विसर्जनका लागि बन्चरेडाँडामा फाेहार पठाइएको थियो ।

Loading...