युगकवि सिद्दीचरण युवा पत्रकारि पुरस्कार गजुर धन राइ , पारस नेपाल र लहनालाइ   

 

काठमाडौँ। युगकवि सिद्दीचरण श्रेष्ठको ११ औ जन्म जयन्ती एवं युगकवि सिद्दीचरण पुरस्कार सिस्नु पानी नेपाल तथा युगकवि सिद्दिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। युगकवि सिद्दिचरण प्रतिष्ठानले सोमबार योजना गरेको उक्त कार्येक्रममा सिस्नु पानी नेपाल तथा युगकवि सिद्दिचरण युवा पत्रकारिता पुरस्कार युवा पत्रकार गजुर धन राइ , पारस प्रकाश नेपाल र नेपाल भाषा पत्रिका लहना मिडियालाई प्रदान गरिएको हो।

उक्त अवसरमा उपराष्ट्रपति नन्द किसोर पुनबात पुरस्कृत हुनेहरुलाई सम्मान गर्नुका साथै डा. देवी नेपाल द्वारा लिखित युगकवि सिद्दिचरण कवितामा छन्द विधान पुस्तक बिमोचन गर्नु भयो।

उपराष्ट्र पति पुनले युगकवि श्रेष्ठलाई प्रगतिवादी साहित्यकार मात्र नभई क्रान्तिकारी नेताको रुपमा आफुले पाएको बताउनु भयो। सम्मानित हुने सबैमा उहाले आफ्नी जिम्मेवारीलाई अझ उचाइमा पुर्याउने आशा व्यक्त गर्नु भयो।
यसै गरि नेपली सेनाका प्रधान सेनापति प्रभु राम शर्माले नेपाली साहित्य र वांगमयमा युगकविले दिएको अतुलनिय योगदानलाइ सदैब उच्च सम्मानका साथ् लिन पाएको बताउनु भयो।

जीवनका अन्तिम समयसम्म पनि नेपाली साहित्यमा कलम चलाई अमुल्य यॉगदान दिएर भावी पुस्ताका लागि प्रेरक बन्नु भएको बताउनु भयो।
प्रतिष्ठानमा सम्रक्षक तथा युगकवि श्रेष्ठका ज्ष्ठ शुपुत्र रविचरण श्रेष्ठले आफ्नो पिताले समाजका बेथितिलाइ कविता मार्फत जनतामा संदेश दिएको संझेको बताउनु भयो।
कार्येक्रममा युगकवि लेखिएको नेपालको प्रथम राष्ट्रिय गान , वृत्त चित्र , कविता/ साहित्य वचन प्रस्तुत गरिएको थियो।    

Loading...