भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकि रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकि रेनु दाहाल विजयी भएकि छिन् । गठबन्धनबाट माओवादी केन्द्रबात मेयर पदका   उम्मेदवार रेनु दाहालले  ५२ हजार ३० मत प्राप्त गरि विजयी हुनु भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३ ९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४ ९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् । यसै गरि  गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १ ९ १ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १ ९ १ मत मात्र आएको छ । ०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ ।

 

 

 

Loading...