काठमाडौं महानगरको १२ वडामा नेपाली कांग्रेसको प्यानलै विजयी

 

काठमाडौ महानगर १२ वडा कमिटीमा नेपाली कांग्रेसको पुरै प्यान विजयी भएको छ । नेपाली कांग्रेस बात वडा अध्क्ष्यमा उमेदवार बनेका  बालकृष्ण महर्जनले  २१४९ मत प्राप्त गरि जित हासिल गर्होन सफल भएको हो  । 

 उनका निकटतम प्रतिस्पर्धी तथा अघिल्लो स्थानीय निर्वाचन २०७४ मा  विजय हासिल गरेका नेकपा एमालेका विकास डंगोलले यो पटक  ९९३ मत पाएका छन् । 

नेपाली काग्रेसका महिला सदस्यमा नानीहेरा महर्जनले सर्वाधिक २२०३ मत ल्याएका विजयी भएका छन् भने दलित महिला सदस्यमा मुना गहतराज १७०३ मत सहित विजयी भए । नेपाली कांग्रेसकै वडा सदस्यका उम्मेदवार पुष्परत्न प्रजापतिले १९६२ मत पाएर विजयी भएका छन् भने अर्का वडा सदस्यमा श्यामकृष्ण खड्गीले १७६७ मत पाएका छन् ।

१२ वडाबाट मेयरका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ११७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले ९०४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार बालन शाहले १२ वटाबाट ६५९ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेका सुनिता डंगोलले १४०३ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ८०७ मत प्राप्त गरेका छन् ।

Loading...