नेपाली कांग्रेस १० ९ ठाउँमा प्रमुख र उपप्रमुखमा विजयी हुँदै अहिले सम्म पहिलो स्थानमा , एमालेले ६४ पालिकामा विजयी

जेष्ठ ३,  काठमाण्डौ । स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँको प्रमुख र उपप्रमुखमा विजयी  हुँदै पहिलो स्दथानमा पकड बनाएको  छ ।   देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दलको सुरुवाती निरन्तरता बनाएको  हो । दोश्रो स्थानमा रहेको एमालेले ६४ पालिकामा जित हात पारेको छ । नेकपा ९माओवादी केन्द्रले  भने ५१ ठाउँमा विजयी भएको छ । सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीतगायत साना दललेसमेत केही ठाउँमा जित निकालेका छन् । ठाउँमा विजयी हुँदा कांग्रेसले दुई सय ५ ठाउँमा अग्रता लिएको छ । एमालेले ६४ स्थानमा विजयी हुँदा १२२ ठाउँमा अग्रता लिएको छ । माओवादी केन्द्र ठाउँमा विजयी हुँदा ६४ ठाउँमा अग्रता लिइराखेको छ । एकीकृत समाजवादी ४ ठाउँमा विजयी हुँदा १८ ठाउँमा अग्रता लिएको छ । जनता समाजवादी २ ठाउँमा जित निकाल्दा २७ ठाउँमा अग्रता लिएको छ । समाजवादी पार्टी प्रमुख पदमा ११ ठाउँमा अग्रता लिए पनि विजयी हुन सकेको छैन ।