कीर्तिपुरमा कांग्रेसबात मेयर र उपमेयर दुवैमा जित, १० मध्ये ९ वटा वडामा कांग्रेसको जित

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर तथा उपमेयर दुबैमा जितेका छन् ।

नेपाली कांग्रेसबात मेयर पदका  उम्मेदवार राजकुमार नकर्मी र जनता समाजवादी पार्ति बात नेपाली काँग्रेससंगको गठबन्धन बात उप मेयर पदमा शुभ लक्ष्मी शाक्यले जित हासिल गरेका हुन् ।  नकर्मीले  ९ हजार ४३ मत ल्याए , भन उनका प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार केशरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत मात्र प्राप्त गरे  ।

उपमेयरमा जित हासिल गरेकी  शाक्यले ८ हजार ६ सय ६५ मत ल्याए , भने र उनका प्रतिद्वन्दी  एमालेकी विन्दु महर्जनले ७ हजार २ सय ६ मत पाए । २०७४ सालको स्थानीय चुनावमा यस नगरपालिकामा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।

यसै गरि  कांग्रेसले किर्तिपुर नगरपालिकाका  १० मध्ये ९ वटा वडामा जित निकाल्न सफल भएको छ  ।   नेपाली कांग्रेसको तर्फबाट वडा नं. १ मा हिरालाल महर्जन, वडा नं. २ मा रुपेश महर्जन, वडा नं. ३ मा सुविन्द्र महर्जन, वडा नं. ५ मा राजेन्द्रकुमार महर्जन, वडा नं. ६ मा खीरमान सिंह बस्नेत, वडा नं. ७ मा दिवाकर शर्मा अधिकारी, वडा नं. ८ मा सानु मैया महर्जन, वडा नं. ९ मा दिनेश श्रेष्ठ र वडा नं. १० मा नरेश महर्जन निर्वाचित बनेका छन् । वडा नं. ४ मा स्वतन्त्र उमेदवार श्याम अधिकारी र अरू सदस्य सहित अनिल बाँस्कोटा (ने.का.) ले जित हासिल गरेका छन् । 

यसअघि २०७४ मा भएको स्थानीय तहको चुनावमा  मेयर, उपमेयरसहित वडा नं. १, २, ३, ६, ७, ९ र १० वडा जितेका एमालेले यो पटक २वटा वडामा  १ / १ जना निर्विरोध दलित महिला सदस्यमा मात्रमा सिमित  रहन गएको छ ।  

कांग्रेसले काठमाडौंमा जितहासिल गरेको यो  जिल्लाको दोस्रो नगर  हो। 

 

Loading...