बालेन शाहले कटाए १० हजार मत

काठमाडौँ काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवाती अग्रता कायम राखेका छन् । लौरो चिन्हबाट शाहले मतगणनाको चौथो दिन आइपुग्दा  १० हजार मत कटाएका छन् । शाहले १० हजार २ सय ४१ मत ल्याएका छन् भने , एमालेका केशव स्थापितले ५ हजार ४ सय ५३ मतका साथ पछ्यादै  छन् ।त्यस्तै तेश्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका  मदनदास श्रेष्ठले ५ सय २१ मत ल्याइ चैथो स्थानमा  छन् ।
Loading...