ललितपुर महानगरपालिकाका पुर्व मेयर चिरिबाबूमाथि २ अर्व १५ करोडको बेरुजु रहेको एमाले उमेदवार हरिकृष्ण ब्यन्जनकारको आरोप

बैशाख १५ ,ललितपुर। ललितपुर महानगरपालिकाका मेयर पदका एमाले उमेदवार हर्रिकृष्ण ब्यन्जनकारले  पुर्व मेयर चिरिबाबू महर्जन माथि २ अर्व १५ करोडको बेरुजु रहेको आरोप लगाएका छन् । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाले यस्तो आरोप लगाएका हुन् । 

ब्यनजनकारले ललितपुर महानगर अथाहासम्भावना भएको नगर भएता पनि महानगर नेतृत्वले  ब्यबस्थापन गर्न नसक्दा बिकास शुन्य भएको र  महानगरलाई दुहुनो गाईको रुपमा एकलौटी ढंगमा पुर्व मेयर चिरिबाबुले काम गर्दा केहिपनि हुन सकेको बताए ।

प्रत्रकारले पुर्व मेयर चिरिबाबुले आफ्नो नाउमा कुनै बेरुजु छैन भन्छन नि , भन्ने प्रशंनमा ब्यनजनकारले  सरकारको नियम बिपरित बोर्ड बैठकमा पास नै नगराइ जथाभावी गरेको खर्चलाई व्यक्तिगत बेरुजु मान्नु पर्ने बताए ।  

यस अघि निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै  वडा नं.१८ का  गोपाल डंगोलले आयोगमा बैशाख १३ मंगलबार उजुरी दिएका थिए  ।  डंगोलले दिएको उजुरीमा उल्लेख गरिएको बेरुजुको रकम ७१ करोड ६५ लाख रकम २५ वटा स्थानीय तह  विराटनगर,पर्सा, भरतपुर, हेटौंडा, जनकपुर, वुटवल, धनकुटा, लाहान ,विदुर, व्यास, सिद्धार्थनगर, भेरी, भिमदत्त, नगरपालिका लगायतका हुन्  ।

बेरुजु सम्बन्धिको बिषयमा  चिरीबाबुले आफ्नो नाममा कुनैपनि बेरुजु रकम नभएको स्पष्ट पार्दै  बुधबार निर्वाचन अधिकृतको कार्यालयमा  उपस्थित भई  महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित संस्थागत बेरुजुमा नगरप्रमुखको व्यक्तिगत जवाफदेहिता अन्तर्गत नपर्ने कानुनी व्यवस्था अनुरुप बेरुजुको बारेमा स्पष्ट गरि निवेदन दिएका थिए  ।

 

 

 

Loading...