निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने

वैशाख १५ ,काठमाडौँ  । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । 

  मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ सकिएपछि उम्मेदवारको नामावली साँझ ५ बजे सम्म  प्रकाशन गरिने भएको छ  । 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

उम्मेदवारलाई निर्वाचन चिह्न वैशाख १७ गते  प्रदान गर्ने भएको छ  । 

Loading...