बैशाख १५ ,काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमाको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिए पछी ‘हेर्दाहेर्दैमा’ रहेन गएको रिट निवेदनमाको सुनुवाइ आज हुन् लागेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिए पछी बिहीबार आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
अन्तरिम आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा मंगलबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।
गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ्ग प्रणालीको गोप्य सूचनाहरू चुहाएको लगायतका आरोप लगाउँदै छानबिनका लागि सरकारले समिति गठन गरे पछी अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो ।