आयोगमा परेको उजुरीमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले भने , ‘मेरो नाममा कुनै बेरुजु छैन ।’

बैशाख १५, काठमाडौँ –    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस बात  मेयर पदका उम्मेदवार बनेका  चिरीबाबु महर्जनले आफ्नो नाममा कुनैपनि बेरुजु रकम नभएको स्पष्ट पार्नु भएको छ  ।  निर्वाचन अधिकृतको कार्यालयमा बुधवार उपस्थित भई  महर्जन बुधबार महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित संस्थागत बेरुजुमा  नगरप्रमुखको व्यक्तिगत जवाफदेहिता अन्तर्गत नपर्ने कानुनी व्यवस्था अनुरुप बेरुजुको बारेमा स्पष्ट पार्दै निवेदन दिनु भएको हो ।

  निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै  वडा नं.१८ का  गोपाल डंगोलले आयोगमा बैशाख १३ मंगलबार उजुरी दिएका थिए  ।  डंगोलले दिएको उजुरीमा उल्लेख गरिएको बेरुजुको रकम ७१ करोड ६५ लाख रकम २५ वटा स्थानीय तह  विराटनगर,पर्सा, भरतपुर, हेटौंडा, जनकपुर, वुटवल, धनकुटा, लाहान ,विदुर, व्यास, सिद्धार्थनगर, भेरी, भिमदत्त, नगरपालिका लगायतका हुन्  । 

बेरुजुको बारेमा स्पष्ट पार्दै आयोगमा  महर्जनले निवेदनमा भनेका छन् , ‘ संघीय, सरकार, प्रदेश सरकार, स्थानीय सरकार  एवं संगठित  संस्थाहरुको कुनै पनि तहहरुमा मेरा नाममा कुनै पनि पेश्की , बेरुजु , असुल उपर गर्नुपर्ने बेरुजु नभएको अवगत गराउँछु । ’ उनले निवेदनमा अगाडि भनेका छन् , ‘ यसरी संस्थागत रुपमा कायम रहेको बेरुजुको सम्बोधन संस्थागत प्रक्रियाबाट नै फछ्यौट हुने र भइरहेको व्यहोरा अनुरोध गर्दै त्यस्ता बेरुजुको विषय नगर प्रमुखको व्यक्तिगत जवाफदेहिता भित्र नपर्ने प्रचलित कानूनी व्यवस्था रहेको समेत स्मरणार्थ अनुरोध गर्दछु । ’

 

Loading...