सातामा दुई दिन सार्वजनिक बिदा हुने

बैशाख १६ ,काठमाडौँ  ।  सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे संगै  शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएको  छ ।          सरकारले  विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।   

 शिक्षामन्त्री देवेन्द्र पौडेलले  सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९: ३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन हुने  तथा  बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुने जानकारी दिनु भयो  ।

  शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताउदै भन्नु भयो   ‘ विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ , कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ  ’ । 

 

Loading...