ज्योति विकास बैंकको इलाम र कञ्चनबारीमा शाखा विस्तार

इलाम । ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा शाखाहरू विस्तार गरेको छ ।

बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनता माझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

इलाम नगरपालिका–७ इलामबजारस्थित इलाम शाखा र मोरङको विराटनगर महानगरपालिका–३ स्थित कञ्चनबारीमा शाखाको उद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे ।

समारोहमा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्गलगायतको उपस्थिति थियो ।

यसका साथै बैंकले लमजुङ्ग बेसीशहरमा पनि शाखा संचालनमा ल्याएको छ ।

Loading...