भिभोले दुई नयाँ स्मार्टफोन लन्च गर्दै

काठमाडौँ । भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै छ ।

प्रत्येक मूल्य बिन्दूमा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्न प्रतिबद्ध ब्रान्ड भिभोले प्रयोगकर्तामा रहेको अन्यौल हटाउन निर्बाध रूपमा लागिपरेको जनाएको छ ।

भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिजअन्तर्गत–दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्दै छ । वाई सिरिजले हालैका वर्षहरूमा आफ्नो लागि राम्रो नाम कमाएको छ । यी आगामी दिनमा सार्वजनिक हुन लागेका वाई सिरिज स्मार्टफोन नवीन सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ ।

यो स्मार्टफोनमा ५००० एमएएचको लामो समयसम्म टिक्ने ब्याट्री लाइफको साथ वाई ०१ अन–द–गो पुस्ताको लागि उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

Loading...