१३ औ साग अन्तर्गत स्वर्ण पदक बिजेता बक्सिंग खेलाडीलाइ १ लाख नगद सहित सम्मान

चैत ७,काठमाडौँ ।   १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकविजेता खेलाडीलाइ १ लाख नगद सहित साममान गरिएको छ।

सातदोवाटो स्थित बक्सिंग हालमा आज आयोजित प्रथम बिद्यालय स्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको समापन कार्येक्रममा ८ औ साग अन्तर्गत बक्सिंग खेलमा स्वर्ण पदक बिजेता द्वय प्रकाश थापा मगर तथा रामचन्द्र थापामगरका परिवारले शनिल शाही , भुपेन्द्र थापा र मिनु गुरुङलाइ  जनही १ लाखका दरले खेलाडीलाई सम्मान गरेको हो

सोहि कार्यक्रममा नेपालबक्सिङ्ग संघका पुर्व अध्यक्ष तथा ओलम्पियन उमेश मास्केलाई बक्सिंग खेलमा पु–याएको योगदानस्वरुप सम्मान गरेका थिए ,भने सोहि कार्यक्रममा आठौ सागमा स्वर्ण पदकविजेताद्वय प्रकाशथापामगर र रामचन्द्र थापामगरका ममतामयिआमा शुभद्रा थापामगरलाई पनि सम्मानगरिएको थियो ।

यसै गरि थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग छनौट खेलको आज भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका मिनु गुरुङ्गले एपिएफका संजुुमाया थिंगलाई पराजित गर्दै छनौट चरण पार गरेका छन् भने  भुपेन्द्र थापा मगरले जेनेक्सका मौसम राना मगरलाई पराजित गर्दैै छनौट चरण पार गरेका छन् ।

छनौट खेलकै महिलातर्फ वैन्टम वैट ५४ किलो ग्रामतौल समुहमा मिनु गूरुङ्गले बाँकेका माया क्षेत्रीलाई पराजित गदैै एपीएफकी सन्जुमाया थिंगसंग फाईनलमा भिडन्त पक्का गरेका छन । सन्जुले  थानकोटका सुसिला भोलानलाई अंकको आधारमा पराजित गरेका थिए । त्यसैगरी महिलातर्फकै फेदरवैट ५७ किलो तौलसमुहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मीता राईलाई पराजित गर्दै फाईनलको यात्रा सुनिश्चित गरेका छन् ।
प्रथम बिद्यालय स्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको आज भएको फाईनलमा ३५ किलो पुरुषतर्फ मकवानपुरुको अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे ।

पुरुष ३७ किलोमा अछामका रोहित जनालाले आर्यन क्लबका अमन थापालाई अंकको आधारमा पराजित गर्दै प्रथम हुन सफल भए । त्यसै गरी ४० किलो तौल समुहमा थानकोटका प्रकाश महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४३ किलो तौल समुहमा अल्फा बक्सिंग दांगका सोनम पुन मगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुंगले दमकका योगेश लिम्बुलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४९ किलो तौल समुहमा मैत्रि स्कुल भक्तपुरका नविनतम खडकाले मकवानपुरका सिलेन वाईबालाई पराजित गर्दै स्वर्ण पदक हात पारे । ५२ किलो तौल समुहमा बाँकेका योगराज खत्रीले भुपु बक्सिंगका समुन्द्र थापा मगरलाई पराजित गर्दै प्रथम हुन सफल रहे । पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका शाहिल लिम्बुले धरानका सागर तामांगलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका शेरप ग्याल्जेन शेर्पाले ईन्टरनेशनल फ्रेन्च स्कूलका आर्यमान रानालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।
त्यसै गरी स्कुल बक्सिङ्गको गल्र्स तर्पm ४० किलो तौल समुहमा दमकका दिप्सा कांगबांगले अछामकी लक्ष्मीशाहीलाई अंकको आधारमा पराजित गदैै स्वर्ण पदक हात पारे । स्कुल गल्र्सको ४६ किलो तौल समुहमा द एकसलेर स्कुलकाप्रकृतिथापाले दमककाकन्चर राईलाई पराजितगर्दै स्वर्ण पदकहातपारे । त्यसैगरी ४९ किलो तौल समुहमानक्सालकादिव्यालिम्बुले दमककापतिमा राईलाई पराजितगर्दै स्वर्ण पदकहासिल गरे  भने त्यसैगरी ६० किलो तौल समुहमाआर्यन फिटनेश बक्सिंग क्लबकाअस्मिता केसी प्रथम, दमकका सुस्मितालिम्बु द्धितिय र नक्सालकाप्रतिमाथापाले तृतिय स्थानहातपारे ।

भने प्रतियोगिताको अन्तिम बाउट स्कुलगल्र्स अन्तर्गत महिला ६३ किलो तौल समुहमा सिद्धार्थ बनस्थली इन्सटिच्युटकि प्रिक्षालामाले दमककायुना मगरलाई पराजितगर्दै स्वर्ण पदकहातपारे भने १२ वर्ष मुनिको ३० किलो तौलमाप्रदर्सन म्याचमाबोशिगाउकादिपशिखर महर्जन प्रथमतथा बक्समाण्डुका मनु मगर दोस्रो स्थानहातपारेकाथिए ।

प्रतियोगिताकाउत्कृष्कट व्वायजबक्सर अल्फाबक्सिंग क्लब, दाङ्गका सोनमपुन मगर र स्कुलगल्र्स तर्फ दमककादिप्साकांगवांगले उत्कृष्ठ मुक्केबाजको उपाधिहातपारेकाथिएदुवै उत्कृष्ट मुक्केबाजलाई बक्समाण्डुका सन्दिपश्रेष्ठको तर्फबाट जनही १५,००० अक्षरुपीपन्ध्र हजार नगर प्रदान गरेकाथिए ।

समापन समारोहमाप्रमुखअतिथि राखेप उपाध्यक्षश्री शिवकोईरालाले सहभागि खेलाडीहरुलाई मेडल तथा सर्टिफिकेट वितरण गरेकाथिए । समापन समारोहमाबोल्दै उपाध्यक्षकोईरालाले राखेपकाविभिन्न संघहरुलाई अनुसासित बनाउन जरुरी रहेको प्रसंग उल्लेख गर्दै ऐतिहासिक खेल आयोजना गरेकोमाआयोजकहरुलाई धन्यवाद ज्ञापन गरेकाथिए ।

अध्यक्ष रामअवालेले बक्सिंगले पछिल्लो समयमा यस खेललाई उचाईमापुयाउनअहोरात्र मेहनेत गर्दै आएकोमा यस खेललाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेकाथिएभने स्कुलबक्सिंग प्रतियोगिताआयोजक संस्था खेलकुद प्रवद्र्धन संस्था नेपालकाअध्यक्षश्री पुष्करराजपन्तले अन्यमुलुकमा १८ वर्षमाविश्वच्याम्पियनभईसक्ने तर नेपालमा १८ वर्ष बाट बक्सिंग शुरु गर्ने अवस्थामा यस विद्यालयस्तरीय बक्सिंग प्रतियोगिताले नयाँआयामथपेको र विद्यालयबाट एशियनमापदकजित्दै ओलम्पिक सम्मको यात्रा तय गर्ने एउटा कोशे ढुंगा सावितहुने विश्वास व्यक्त गरे । यस प्रतियोगितालाई निरन्तरतादिने प्रतिवद्धता गर्दैै सम्पुर्ण सहयोगि स्थानियनिकायहरु तथाप्रायोजकहरुलाई धन्यबाद समेत व्यक्तगरेकाथिए ।

 

Loading...