चलाउनेको जिमी ग्रुपले ल्यायो इटालीको नम्बर १ वाईन ‘जिमी गोसे’ नेपाली बजारमा

काठमाडौं । जिमी ग्रुप प्रालिले नेपाली बजारमा नयाँ ब्राण्डको वाइन ल्याएको छ । इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिएका छन् ।

लामो समयदेखि वित्तीय संस्था, खाद्यान्नसहित विभिन्न व्यापारमा सम्लग्न रहेका चलाउनेको कम्पनीले यो वाइन बजारमा ल्याएको हो । अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको रहेको चलाउनेले बताए । ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको देशभर बजार व्यवस्थापन भने मस्टा ग्रुप प्रालिले गरेको छ ।

गुणस्तरीय वाइन भएकाले नेपाली उपभोक्तामा राम्रो छाप छोड्न सक्ने अपेक्षा पनि आफूले लिएको मस्टा ग्रुपका प्रबन्ध निर्देशक जगतबहादुर धामीले बताए । उनले भने, ‘यस वाइनले नेपाली उपभोक्ताको मन जित्न सफल हुने अपेक्षा हामीले लिएका छौं ।’

इटालीको नम्बर एक वाइन दाबी गरिएको उक्त वाइनले नेपाली बजारमा छिटै र छुट्टै पहिचान बनाउने विश्वास पनि लिएको धामीले बताए ।

Loading...