नेपालभाषा साहित्य महोत्सव सांस्कृतिक नगर कीर्तिपुरमा हुने

चैत ७,काठमाडौँ – 
नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण सांस्कृतिक नगर कीर्तिपुरमा हुने भएको छ। नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ सन्ध्या टाइम्स पिथना प्रा.लि. को प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा विगत पाँच वर्षअगाडि देखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको छ। कोभिड महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसेकेकोले यस वर्ष चौथो संस्करणको रुपमा कार्यक्रम हुन लागेको हो ।
 ‘कीर्तिपुर नगरपालिका चौथो नेपालभाषा साहित्य महोत्सव को नाममा संचालन हुने यो महोत्सव कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा यही २०७८ चैत ११ र १२ गते (ने. सं. ११४२ चिल्लागा ८ र ९) शुक्रबार र शनिवार हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जनकारी दिइएको छ  ।
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सो अवसरमा नगर भित्रका सम्पदालाई यस किसिमका कार्येक्रमले प्रचार प्रचार गर्ने अवसर पाउने  र साहित्यकार / पत्रकार बीच परिचय गराउने बताउनु भयो  । महत्सवले कलाकार , साहित्यकार , हौसला तथा उत्साह दिदै अवसर समेत दिने उहाले  विचार ब्यक्त गर्नुभयो ।   
जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्काको विशेष आतिथ्यमा हुने महोत्सव विभिन्न ७ वटा सेसनमा संचालन हुनेछ यसै महोत्सवमा स्थानीय पाठ्यक्रम अन्तर्गत आ-आफ्नो पालिका अन्तर्गतका स्कुलहरूमा नेपालभाषा पठनपाठनको व्यवस्था गरि नेपालभाषा विकासमा महोत्वपूर्ण योगदान दिनुहुने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्का रिजाललाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।
महोत्सव अन्तर्गत सांस्कृतिक सम्पदाबारे प्रचार प्रसार गरी पर्यटनमा टेवा पुयाउने उद्देश्यले सम्पदा भ्रमणको कार्यक्रम पनि  रहेको छ ।
 
महोत्सवको पहिलो दिन पहिलो सेसन अन्तर्गत उद्घाटन समारोह र पुस्तक विमोचन हुनेछ। कीर्तिपुर न्याम्हसिमा स्थित नेपालभाषा एकेदेमिको हलमा हुने उद्घाटन समारोहमा विभिन्न विधाका पाँच पुस्तकको लोकार्पण हुने छ ।
महोत्सवको दोस्रो दिन पनि वरिष्ठ तथा नयाँ पुस्ताका बीस जनाभन्दा बढी साहित्यकारहरूले कथा, कविता, हाइकु, गजल, मुक्तक वाचन गर्नु हुनेछ यस दिन पनि सांस्कृतिक-सांगीतिक कार्यक्रम गरि महोत्सव समापन गरिने छ ।
महोत्सवको दोस्रो दिन पनि वरिष्ठ तथा नयाँ पुस्ताका बीस जनाभन्दा बढी साहित्यकारहरूले कथा, कविता, हाइकु, गजल, मुक्तक वाचन गर्नु हुने छ ।
कार्यक्रम अवधीभर नेपालभाषाका पुस्तक प्रदर्शनी र नेवाः परिकार सहितको खाना स्टल राखिनेछ।
 
Loading...