लेटाङ घटनाको छानबिन गरिने

मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनामाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् । प्रमुख बिसीले आइतबार आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताउनु भयो  । 

आक्रोशित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु  मृत्यु भएको हो ।

 उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका छन् भने ७ जनासम्म सर्वसाधारण घाइते भएका छन् ।  घाइतेमध्ये १४ जना प्रहरीहरुको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको उहाले  जानकारी दिनु भयो  । 
यसैगरी , घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । सो घटनामा परी  छ ।  खोटाङ घर भएकी मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा प्रवेस गरेकी  थिइन्  ।    
Loading...