संयुक्त वीर गोरखाली संघले गर्यो वैचारिक युद्धको घोषणा

 चैत १ काठमाडौं ।
संयुक्त वीर गोरखाली संघले वैशाख २४सम्म वैचारिक युद्धको घोषणा अन्तर गत वैचारिक युद्ध तथा शान्ति दूत लडाकु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार राजधानीको संवाद डबलीमा एक कार्यक्रमको आयोजना गर्दै देशका अधिकाशं राजनीतिक दलहरुले युवाहरुको जुझारुपनाको दूरुपयोग र शोषण गरेकोले त्यसबाट बाहिर निस्कनुपर्ने बताएको छ ।
संयुक्त वीर गोरखाली संघलले विप्लव संघर्ष समिति, माओवादी संघर्ष समिति र राष्ट्रिय रक्ष क्रान्ति संघर्ष समितिसँगको समन्वयमा विश्व शान्ति र मानवतावादको निमित्त एकीकृत मौलिक जनविद्रोह यात्राको वैचारीक युद्ध घोषणा गरेको हो । उनिहरुले नेपाली क्रान्तिको बाँकी कार्यभार युवाहरुको काँधमा आइपरेकोले यूवा र सबै जिम्मेवार बनेर देश जोगाउन लाग्नु पर्ने धारणा राखेका छन् । कर्मनिष्ट रक्ष कुमार राई, कर्मनिष्ट संजोक थापा, कर्मनिष्ट टाइगर सुबेदी, कर्मनिष्ट सागर लिम्बु, कर्मनिष्ट कथम तामाङलाई टिका तथा खादा लगाएर सम्मान गरेको छ ।
सो कार्यक्रममा वरिष्ट अभियान्ता तथा पत्रकार प्रेम कैदी, अधिवक्ता सुदर्शन जोशी, अभियान्ता इशरत अलि र सलाउदिन मियाँ, सारदा शाही, गजेन्द्र अर्याल, विकि राँणा, सतिस नायक लगायतले देश दिन दुई गुणा र रात चौगुणाका दरले संकटमा पर्दै गएको र विदेशीहरुको रणभूमी बन्ने खतरातिर अभिमुख भएकोले सम्पूर्ण युवा एवं जिम्मेवार नागरिकहरु आकाशवाँणी नेत्रवाद दर्शनमा एकजुट हुन आह्वान गरे ।
शान्तिदूत लश्कर प्रमुख बुद्ध जी.एम.सी.ले अब पनि देशका युवाहरु अक्रमन्य राजनीतिक पुराना दलहरुको पछि लागेर उनिहरुको सत्ता प्राप्तिको भर्याङ हुने आधार बन्ने हो भने देशको अस्तित्व नामेट हुने चिन्तन व्यक्त गरे । सो सम्मान कार्यक्रमको अध्यक्षता राष्ट्रको ढुङ्गा–माटोलाई प्रतिक बनाएर सञ्चालन तम्पासेर राईले गरेका थिए ।