वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर खड्गी नेतृत्वको समूहले गर्यो भत्काउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाएका कंक्रिट संरचना महानगरकी उपमेयर हरिप्रभा खड्गी नेतृत्वको समूहले भत्काउन सुरु गरेको छ । 

महानगरकी उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभाग, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा संरचना भत्काउन सुरु भएको हो ।

आज साँझ वसन्तपुुर डबली पुगेकी खड्गीले  झण्डा राख्न बनाइएको ८ वटा कंक्रिटको आधार संरचनामा रहेको नटबोल्ट काटेर संरचना भत्काउने कार्यको सुरु गर्दै   तत्काल बाँकी रहेका कंक्रिट संरचना नभत्काए मेयरसँग लफडा हुने चेतावनी दिनुभयो  ।

उप मेयर खड्गीले विश्व समपदा सूचीमा रहेका क्षेत्रभित्र खेलवाड हुन नदिने प्रतिबद्धता जनाउदै  ,  महानगरपालिकाका मेयर नै सम्पदा मास्न उद्दत रहेको   बताउनुभयो । बाँकी रहेको कंक्रिट संरचनालाई डोजर लगाएर छिटै भत्काउने पुरातत्व विभागले जनाएको छ ।  

यसै गरि हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले  विश्व सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना बनाउन नपाइने नियमका कारण उक्त  कंक्रिट संरचना हटाउन लागिएको बताउनु भयो  ।

काठमाडौँ महानगर पालिकाले रातारात दरवार क्षेत्रमा रहेको नौ तल्ले दरवारको समून्ने डबलीलाइ मासेर आठवटा ३५ फिट अग्लो झन्डा राख्ने प्रयोजनले वृता आकारका ८ वटा संरचना बनाएका थियो ।

स्थानीय तथा सम्पदा अभियन्ताले डबलीमा मापदण्ड विपरीत कंक्रिटको संरचना बनाउँदा विश्वसम्पदामा नै गम्भीर असर पुग्ने भएकोले तत्काल निर्माण कार्य रोक्नु पर्ने बताउँदै आएका छन् ।