युक्रेनी सेनाको मिसाइल आक्रमणबाट २० रुसी नागरिकको मृत्यु , २८ सर्वसाधारण गम्भीर घाइते

चैत १ , एजेन्सी ।    युक्रेनी सेनाको मिसाइल आक्रमणबाट युक्रेनकै डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको  सो क्षेत्रका विद्रोही नेताले बताएको छ  । टोचका यु नामक मिसाईललाई ईन्टरसेप्ट गरिए पनि त्यसको केही पार्ट खसेर विष्फोट हुँदा अन्य २८ जना नागरिक घाईते भएको पनि विद्रोही समुहको दाबी छ ।    रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको बताएको छ । दोनेत्सक रुस समर्थक पृथकतावादीको पकड रहेको क्षेत्र हो ।