बसन्तपुर डबलीमा रातारात कंक्रिट संरचना निर्माण , स्थानीयले लखेटे

चैत १ ,काठमाडौं । विश्वसम्पदा क्षेत्र काठमाडौँ दरवार क्षेत्रमा  रहेको बसन्तपुर डबलीमा रातको समयमा  कंक्रिट संरचना बनाउन कामदार सहित आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटेका  छन् ।

काठमाडौँ महानगर पालिकाले विश्वसम्पदा क्षेत्रमा सुचिकृत क्षेत्रमा कंक्रिट जथाभावी संरचना बनाएकोमा स्थानीयको विरोध गर्दै  पुरातत्त्व विभागमा उजुरी गरेका थिए । विभागले महानगरको उक्त  निर्माण कार्य रोक्न निर्देशन दिंदा पनि अटेर गरि सोमबार राति उनीहरू निर्माण कार्यलाइ निरन्तरता दिएका थिए । दिउसो समयमा काम रोकिएपनि निर्रामाण कम्पानीका मजदुरले रातको समयमा काम थाले पछी स्थानीयले रोक्दा  निर्माण व्यवसायीका प्रतिनिधि बीच भनाभन भएपछि प्रहरी रोकेको थियो ।

काठमाडौं महानगरले बसन्तपुर डबलीमा केही दिन अघि कंक्रिट संरचना रातारात बनाएको थियो । अभियन्ताले डबलीमा मापदण्ड विपरीत कंक्रिटको संरचना बनाउँदा विश्वसम्पदामा नै गम्भीर असर पुग्ने भएकोले तत्काल निर्माण कार्य रोक्नु पर्ने बताउँदै आएका छन् ।

यसै गरि नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्व सम्पदा सुचिमा सुचिकृत काठमाडौं दरवार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न माग गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। कांग्रेस महानगर सभापति तथा काठमाडौँ महानगर पालिका २५ वडा अध्क्षय नीलकाजी शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा कांग्रेसले सोमबार सांकेतिक विरोध प्रदर्शन पनि गरेको छ।

बिरोध प्रदशनका क्रममा  शाक्यले विश्व सम्पदा क्षेत्र तथा एतिहासिक स्थानमा कंक्रिट संरचना बनाइ नेपाली राष्ट्रिय झण्डा फर्फराउने भनेको महानगरले राष्ट्रिय झण्डा कै बैज्जत गरेको आरोप लगाए ।

उनले महानगर पालिकाका मेयर बिध्या सुन्दर शाक्यलाई सम्पदा बचाउने हो कि  सम्पदा माथि कंक्रिट संरचना बनाइ झण्डा फरफराउने ? भने सार्वजनिक रुपमा नै प्रश्न गरे । मेयर शाक्यले सार्वजनिक रुपमा माफी माग्नु पर्ने उनले बताए  ।

‘  महानगरले कंक्रिट संरचना तत्काल भत्काउन र पुरानै स्वरूप कायेम हुने गरि बनाउनु पर्छ , हामी आज शिष्ट भाषामा भनिरहेका छौ , उग्र बन्न चाहन्नौ   ’ वडा अध्क्षय शाक्यले भने , धुमाउरो रुपमा उहाले महानगर पालिकाका मेएर शाक्य तिर इंगित गर्दै भने

‘ मुखमा रामराम बगलीमा छुरा बोक्ने देखि सतर्क हुनु पर्ने बेला आएको छ । ’
 
सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौं महानगर पालिकाका कार्यकारी प्रमुखलाई निर्माण कार्य रोक्न पत्र बुझाइएको छ। कांग्रेस काठमाडौं महानगर समितिका सचिव ‌सुसन वैद्यले काठमाडौं महानगरका मेयरले सम्पदामाथि धावा बोलेको यो पहिलो पटक नभएको आरोप लगाए।