९० लाखको चिठ्ठा परेको भन्दै २९ लाख जम्मा गर्न लगाई ठगी गर्ने ब्यक्ति पक्राउ

फागुन ३०,काठमाडौँ  ।   सामाजिक संजाल फेसबुक , ह्वाटसपको माध्यमबाट ९० लाखको चिठ्ठा परेको प्रलोभन देखाइ २९लाख ४०हजार रकम  आइ एम इ मार्फत जम्मा गर्न लगाई ठगी गरेको आरोपमा एक ब्यक्ति लाइ प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ह्वाटसप  मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपुर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइ एम इ को माध्यमबाट सो रकम ठगी गरेको आरोपमा सोमबार भक्तपुर ठिमिबात गान्दिप गौतमलाई पक्राउ गरेको हो ।  

  साथै प्रताप राना सिंह नाम बताउने ब्यक्तिले सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु, भनि प्रलोभन देखाइ खातामा पहिला ट्याक्स बापत रकम जम्मा गर्न लगाउने गरेको समेत खुलासा भएको छ ।  प्रक्राउ परेका गौतमलाई थप कारवाही प्रक्रियाका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ  ।