वरिष्ठ उपरीक्षक जोशीबात २१ वटा सवारी साधनहरु सम्बन्धित धनीलाई हस्तान्तरण

फागुन ३०,काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाउनु भएको छ ।  महाशाखा प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आज महाशाखामा आयोजित एककार्येक्रममा १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।

 हस्तान्तरण कार्येक्रममा  महाशाखा प्रमुख जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताउनुभयो । ‘सवारी साधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकल र स्कुटर उनीहरुले चाडैँ चोरी हाल्न सक्दैनन् ।’ “लाखौँ रुपियाँ खर्च गरेर मोटरसाइकल किन्नुहुन्छ, त्यसको सुरक्षाका विषयमा त्यत्तिकै संवेदनशील बन्न आग्रह गर्छु ।” उहाँले भन्नुभयो । ट्राफिक प्रहरीका अनुसार सवारी चालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनुलगायतका कारण मोटरसाईकल चोरी बढेको हो । त्यस्तै महाशाखाका प्रमुख जोशी आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कर्ययोजना बनाई चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएपछि दुई महिनामै ८८ वटा मोटरसाईकल फेला पारी धनी जिम्मा लगाई सकेको महाशाखाले जनाएको छ,  भने २५६ वटा मोटरसाईकल हराएको निवेदन परेको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लग इन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।