रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा वार्ता हुने

काठमाडौँ  ।  रुस र युक्रेनबीच टर्कीमा उच्चस्तरीय तहमा वार्ता हुने भएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य रहेको टर्कीका    राष्ट्रपति रेचेप तय्यप एर्दोआनकै पहलमा बिहीबार (मार्च १०) मा टर्कीको अन्ताल्यामा दुई देशका विदेशमन्त्रीबीच वार्ताको कार्यक्रम तय भएको हो  ।

रुस र युक्रेनबीच हुनलागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।  रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ताको कार्यक्रम तय भएको छ ।

  रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पनि बिहीबारका लागि विदेशमन्त्रीस्तरीय वार्ता तय भएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

टर्कीको मस्को र किभ दुवैसँग राम्रो सम्बन्धन भएकाले पनि यसले १२ दिनदेखि जारी संघर्ष अन्त्य हुने आशा गरिएको छ ।

रुसमाथि विभिन्न देशहरूद्वारा लगाइएको प्रतिबन्धको विरोध गरेको टर्कीले युक्रेनमाथिको आक्रमणको भने कडा आलोचना गरेको थियो ।

 

Loading...