सुन तोलाको एक लाख ३ हजार पुग्यो

फागुन २३, काठमाण्डाै – सुन तोलाको एक लाख ३ हजार रुपैयामा बढेर नयाँ रेकर्ड कायम भएको छ ।

 आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको सुन चाँदी व्यवसायी  बताउ छन्  ।

रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा सुनको भाउ समेत लगातार बढ्दै  गएको छ। 

उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ । 

Loading...