रसियाले युक्रेनमा लड्न सिरियाली लडाकुहरू भर्ती गरिरहेको अमेरिकी अधिकारीको खुलासा

रुसले युक्रेनमा लड्न सिरियामा लडिरहेका तालिमप्राप्त लडाकुहरूलाई भर्ती गरिरहेको अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’का अमेरिकी अधिकारीहरूले    बताएका छन्।

 गुप्तचर अधिकारीहरूले  केही लडाकुहरू रसिया पुगेका  र युक्रेनमा तैनाथ गर्ने तयारी गरिरहेको भनेता पनि कति संख्यामा  सिरियाली लडाकुहरू युद्धमा सामेल हुन सहमत भएका छन् भन्ने कुरा स्पस्ट भने गरेका  छैनन् । 

 सिरिया र रुसले स्वेच्छिक रूपमा युक्रेनमा लडिरहेकाहरू  लाई २०० देखि ३०० डलर सम्मको तलबमा ६ महिना लड्न  प्रस्ताव गरेका  डेइजर एंजजोर प्रकाशनको रिपोर्टमा उल्लेख गरेको छ । 

रूसी अधिकारीहरूले एक दशक लामो गृहयुद्धका कारण सिरियाका जनतासँग लडाइँको अनुभव बढी भएको  छ र युक्रेनका सहरहरू कब्जा गर्न मद्दत गर्न सक्ने  विश्वास गरेका छन् ।

 

 

 

Loading...