घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गरि ठगी गर्ने गिरोह पक्राउ

फागुन २३,काठमाडौँ – उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरको नाममा घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गरि ठगी गर्ने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखाले काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगाएतका स्थानबाट अमर पाण्डे, तिलकराम पाण्डे ,आनन्द मरहठ्ठा , विवेक यादव ,अश्विन राई , घनश्याम पहाडी , सृजना लामिछाने ,ज्ञानु न्यौपाने र रामवचन कुमार यावद लाइ पक्राउ गरेको हो

जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको र फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको प्रहरी अनुसन्धानले देखाएको छ ।
महाशाखाले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाएको जनाएको छ  ।