काठमाडौ, ५ फागुन । आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ ।
गंगुबाईको नातिनी भारतीले फिल्म मेकर्सले आफ्नो परिवारसँग अनुमती बिना फिल्म बनाएको आरोप लगाएकी छन् । निर्माण युनिटले फिल्मबाट पैसा कमाउन आफ्नो परिवार बदनाम गरिरहेको उनको भनाई छ ।
गंगुबाईका वकिलले समेत फिल्ममा गंगुबाईलाई जसरी देखाइएको छ त्यसमा सत्यता नरहेको बताए । वकिलले भने ‘एक समाजसेवीलाई सेक्स वर्करको रुपमा देखाइएको छ ।’ फिल्मको कारणले गंगुबाई समाजसेवी नभएर सेक्स वर्कर हो भनेर आफन्तले सोध्न थालेको समेत वकिलको भनाई छ ।
वकिलले अगाडि भनेका छन् ‘यस बिषयमा निर्देशक संजयलीला भंसाली र हुसैन जैसीलाई नोटिस समेत पठाइएको थियो । तर जवाफ आएको छैन ।’
आलिया भट्टको अलवा अजय देवगनको समेत मुख्य भुमिका फिल्ममा छ । फिल्म २५ फेब्रअरीमा रिलिज हुँदैछ । संजय लीला भन्साली निर्देशित फिल्म पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित रहेर निर्माण भएको हो ।