केकी र युगल पोमो फिचर्ड ‘सिंगौरी ४’ को रिलिज

काठमाडौं, १५ माघ । गीतकार एवम् संगीतकार शशी गुरुङ वाङदेलले ‘सिंगौरी ४’ निर्माण गरेका छन् ।

पूर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ ले २ करोड ५० लाख अर्गानिक भ्यूज बटुल्दै नेपाली सांगीतिक छेत्रमा तहल्का मच्चाएपछि यसको स्वीक्वेल निर्माण गरिएको हो । ‘सिंगौरी २’ र ‘सिंगौरी ३’ को समेत सफलतापछि बाङदेलले ‘सिंगौरी ४’ निर्माण गरिएको बताइएको छ । ‘सिंगौरी ४’ को कपिराइट भने निर्देशक युगल पोमो लिम्बुले खरिद गरि भिडियो निर्माण गरेका हुन ।

करिब २०० भन्दा बढी म्यूजिक भिडियो र एक फिल्म समेत निर्देशन गरिसकेका निर्देशक युगलले ‘सिंगौरी ४’ को निर्देशनको जिम्मा बरिष्ठ नृत्य निर्देशक कमल राईलाई दिएका थिए । युगल आफू भने नायिका केकी अधिकारीसँग गीतमा जोडी जमाएका छन् ।

त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल ह्यारी योन्जनको पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रुपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको ‘सिंगौरी ४’ मा छिरिङ्ग शेर्पाको श्रृङ्गार तथा केश विन्यास, सुक्निता चौलागाइको ड्रेस, सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ।

विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत , नविन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई वाई के फिल्म्सको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोहरुमा अनयुजल कन्सेप्टहरु प्रस्तुत गर्दै आफ्नै छुट्टै पहिचान निर्माण गरेका निर्देशक युगल पोमो हाल हङकङमा पनि भिडियो निर्देशनमा ब्यस्त छन् । पोमो लगायत सम्पूर्ण निर्माण टोली ‘सिंगौरी ४’ बाट निकै आशावादी रहेका छन ।

Loading...