पश्चिमा देशलाई युक्रेनको आग्रह– युद्धको डर नदेखाऊ

काठमाडौं, १५ माघ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरुलाई युद्धको आतंक सिर्जना नगर्न आह्वान गरेका छन् । सीमा क्षेत्रमा रुसले आफ्ना सैनिक तैनाथ गरेको बेला युक्रेनलाई उक्त आह्वान गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा ‘कुनै पनि बेला आक्रमण हुन सक्छ’ भन्ने जस्ता चेतावनीले युक्रेनको अर्थव्यवस्थामा खराब असर पर्नसक्ने उनले बताएका छन् । उनले देशभित्रको यो आतंक र अस्थीरताको स्थिति देशका लागि सबैभन्दा ठूलो खतरा हो पनि भनेको बीबीसीले जनाएको छ ।

खासगरी अमेरिकाले युक्रेनमा कुनै पनि बेला रुसले आक्रमण गर्न सक्ने बताउँदै आएको छ र युक्रेनलाई साथ दिंदै आएको छ ।

यद्यपि रुसले आक्रमणको तयारी गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ । शुक्रबार मात्रै रुसी विदेशमन्त्रीले आफूहरुले युद्ध नचाहेको बताएका थिए ।

Loading...