बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम

 माघ १५ , काठमाडौँ  ।   अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा बनाइएका अवैध रुपमा  निर्माण गरिएका  संरचना हटाउन अल्टिमेटम दिएको छ ।

सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो ।

सो क्षेत्रमा बनाइएका सबै किसिमका अवैध संरचना हटाउन समितिले यसअघ सार्वजनिक सूचना निकालेका थिए । सुचना दिदा पनि  संरचना नहताइए पछी   समितिले अब  तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको छ  । तोकिएको समएमा  नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ।

Loading...