गायन रियालिटी शो ‘सिंगर’ हुने, विजेतालाई २५ लाख नगदसहित कार

काठमाडौं, ११ माघ । केही वर्षयता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ । त्यसमध्ये पनि गायन रियालिटी शो बढी छन् । यसैक्रममा ‘सिंगर स् सोलफुल भ्वाइस’ नाममा अर्को गायन रियालिटी शो हुने भएको छ ।

डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिले यो रियालिटी शोको आयोजना गर्न लागेको हो । अहिले चलिरहेको ट्रेण्डभन्दा केही फरक गर्ने आयोजकको दाबी छ ।

नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेकोमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिका सञ्चालक श्याम धितालले जानकारी दिए ।

शोमा सहभागी हुनेले भाषाको दायरा तोडेर नेपालका प्रमुख ६ वटा भाषामा गीत गाउनुपर्नेछ । नेपाली गीत(संगीतमा यसअघि नै चर्चा बटुलिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक–गायिकाहरुले शोमा भाग लिन सक्नेछन् । शोमा विजेताले २५ लाख नगद पुरस्कारसहित कार पाउने छन् भने गीति एल्बम पनि आउनेछ ।

वैशाखदेखि प्रसारण शुरु हुने शोका निर्यायकहरु केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । ‘सिंगर’ एउटा फरक शो हुने धितालको दाबी छ ।

Loading...