‘बधाई दो’को ट्रेलर रिलिज, पीटी शिक्षक र प्रहरी अधिकारीबीचको प्रेमकथा

काठमाडौं, ११ माघ । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित चलचित्र ‘बधाई दो’को ट्रेलर रिलिज भएको छ । हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको कमेडी जनराको यो चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा भूमिले एक पीटी शिक्षकको भूमिका निभाइरहेको देख्न सकिन्छ, जो देशका लागि खेल्न चाहन्छिन् । यस्तै राजकुमार एक प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् ।

यो चलचित्रमार्फत राजकुमार राव र भूमि पेडनेकर पर्दामा पहिलोपटक एकसाथ देखिँदैछन् । यो चलचित्र सन् २०१८ मा प्रदर्शन भएको ‘बधाई हो’को सिक्वेल हो । चलचित्रमा भूमिले एक लेस्बियनको चरित्र निर्वाह गरेकी छन्, जो विवाह गर्न चाहँदिनन् ।

जंगली पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा सीमा पहवा, लवलीन मिश्रा, नितिश पाण्डे र शशी भूषणको पनि अभिनय रहेको छ । ‘बधाई दो’ फेब्रुअरी ११ मा रिलिज हुनेछ ।

Loading...