धरानमा अस्मिता र रचनाको सांगीतिक धमाका

काठमाडौं, २७ पुस । कोरोना महामारीका कारण सुस्ताएको धरानको सांगीतिक माहोललाई ‘मनोरञ्जन धमाका २०२२’ले तरंगित बनाएको छ । शनिबार बेलुका भएको कार्यक्रममा हालका चर्चित गायिका अस्मिता अधिकारी र रचना रिमालले आफ्नो धमाकेदार प्रस्तुति दिए । उनीहरुलाई गायक एकदेव लिम्बूले पनि साथ दिएका थिए ।

पहिलो पटक धरानको स्टेजमा एकसाथ उत्रिएका अस्मिता र रचनाले चिसो मौसमको पर्वाह नगरी कार्यक्रममा उपस्थित भएका दर्शकलाई राति साढे १० बजेसम्म आफ्नो प्रस्तुतिले झुमाए ।

रचनाले गीत गाउन शुरु गरेपछि दर्शकको अत्याधिक भीडलाई थेग्न नसकेर आयोजकले गेट नै खोल्न बाध्य हुनुपरेको थियो । रचनाले ‘फोटो फिरिममा, सम्झिने पानी छम्किने, उनको प्रीति’ लगायत आफ्ना चर्चित आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।

यस्तै अस्मिताले टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, साली मन पर्‍यो, लज्जावती झार झैं’ लगायतका लोकप्रिय गीत गाएकी थिइन् । गायक एकदेव लिम्बूले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल सेवारो जस्ता गीत गाए ।

Loading...