‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् शूल्क

काठमाडौ, २७ पुस । फिल्म ‘पुष्पा- द राइज’ अभिनेत्री रश्मिका मन्दानाले आफ्नो शूल्क (पारिश्रमिक) बढाएकी छन् । फिल्म हिट भएपछि उनले ‘पुष्पा २’ का लागि आफ्नो शूल्क बढाएकी हुन् । समाचारका अनुसार उनले ५० प्रतिशत पारिश्रमिक (शूल्क) बढाउन माग गरेकी छन् ।

रश्मिकाले ‘पुष्पा – द राइज’ का लागि दुई करोड (भारु) लिएकी थिइन् । तर ‘पुष्पा २’ का लागि उनले निर्माण युनिटसँग तीन करोड माग गरेकी छन् । पुष्पा स् द राइज’मा रश्मिका साउथ सुपरस्टार अर्जुन अल्लुको जोडीको रुपमा छिन् । कोरोना महामारीको समयमा पनि फिल्मले रेकर्ड तोडेर कमाइ गर्दै बक्स अफिसमा हिट सावित भएको छ ।

अर्जुन अल्लु तेलूगू फिल्मका सबैभन्दा महङ्गा अभिनेता मध्य एक हुन् । फिल्मका लागि उनले ५० करोड पारिश्रमिक लिएका थिए । ‘पुष्पा द राइज’ एक्सन थ्रीलर फिल्म हो । फिल्ममा अर्जुन अल्लुले पुष्पा राजको भूमिका निर्वाह गरेका थिए भने रश्मिकाले श्रीवल्ली नाम गरेकी केटीको भुमिका थिइन्

Loading...