भारतका रक्षामन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ, २७ पुस ।भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ुमलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ । म घरमै क्वारेन्टिनमा रहेछु । मेरो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह गर्दछु ।ु

Loading...