बुद्ध शान्ति समाजसेवा पुरस्कारबाट सात स्रष्टा पुरस्कृत

काठमाडौँ, १६ मंसिर । बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ मेरुदण्डमा समस्या भएका विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको छ ।

पुरस्कृत हुने खेलाडीहरूमा गायत्री दाहाल, ङवाङ छिरी शेर्पा, सोनिका ढकाल, लक्ष्मी कुँवर र रामबहादुर तामाङ रहेका छन् ।

पुरस्कृत दाहाल नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका अध्यक्ष शेर्पा थाङ्का पेन्टर तथा चित्रकार, ढकाल र कुँवर खेलाडी तथा पौडीबाजर तामाङ राष्ट्रिय कीर्तिमान कायम गर्ने ह्विलचियर धावक हुन ।

सोही कार्यक्रममा वरिष्ठ परिचारिकाद्वय सुश्री रुक्मनी सन्द्याङ र विष्णुसिंह धर्तीलाई पनि सोही पुरस्कार वितरण गरिएको छ । ती पुरस्कारको राशि प्रत्येकलाई १० हजार तथा कदरपत्र रहेको छ ।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्य महास्थवीरले पुरस्कृत व्यक्तित्वले मेरुदण्डमा चोट लागी पक्षघात भई ह्विलचियरको सहारा लिएर देखाएको प्रतिभाले धेरैलाई आत्मबल बढ्ने विश्वास व्यक्त गरे ।

वरिष्ठ न्युरोसर्जन डा वसन्त पन्तले मेरुदण्डभित्रको नसाको महत्वका बारे जानकारी दिँदै त्यो नसामा समस्या आएमा मानिस पक्षघात हुने र मेरुदण्ड भाँचिएर नसा चँुडेमा कम्मरमुनिको भाग निष्क्रय हुने बताए ।

फाउण्डेशनका अध्यक्ष सन्ध्या रेग्मीले नेपाली भाषा, साहित्य, ललितकला, संगीत, ज्ञान–विज्ञानलगायत विविध सिर्जनात्मक विधाको विकास, सम्बद्र्धन तथा प्रवद्र्धन गरी बुद्धको शान्तिको सन्देश फैलाउने स्रष्टालाई सो पुरस्कार दिने नीति रहेको जानकारी गराए ।

Loading...