ए डिभिजन लिगमा जावलाखेलले खोल्यो खाता

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले अंकको खाता खोलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको चौथो चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा राख्दै जावलाखेलले लिगमा पहिलो अंक जोडेको हो।

पहिलो हाफमा आक्रामक खेलेकाे जावलाखेलले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन।

बराबरीसँगै जावलाखेल हंक तालिकाको १३औँ स्थानमा उक्लेको छ। जावलाखेल र एपीएफ फुटबल क्लब रेलिगेसन जोनमा छन्।

४ खेलबाट ५ अंक जोडेको ब्रिगेड ब्वाइज भने ५ अंकमा सातौँ स्थानमा छ।

आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै संकटा क्लब चौथो स्थानमा उक्लेको छ।

खेलको १८औँ मिनेटमा निरज बस्नेतले गरेको गोल नै संकटाका लागि निर्णायक बन्यो। नेपाल पुलिस क्लब भने ५ अंकमा आठाैँ स्थानमा छ।

Loading...