कांग्रेस महाधिवेशन स्थलमै फोटोपत्रकारले ‘क्यामेरा डाउन’ गरे ,महासंघ द्वारा बिज्ञप्ति जारि

मङ्सिर २७ ,काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न बाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।

उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर दुर्ब्यबहार गरि जान बात रोकेका थिए ।

प्रेस स्वतन्त्रतामाथि हस्तक्षप भएको भएको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।
यसै गरि सो कार्य प्रति पत्रकार महासंघले आफ़ोनो ध्यान आकर्षण भएको भन्दै बिज्ञप्ति जारि गरेको छ। ‘समाचार संकलन गर्न गएका पत्रकार माथि प्रहरी र निर्बाचन समिका सदस्यहरुले दुर्ब्यबहार गर्दै समाचार संकलनमा अबरोध पुर्य्याएको प्रति गम्भर ध्यान आकर्षण भएको जारि बिज्ञप्तिमा भनेको छ। नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । ’

Loading...