ललितपुरका जातिय संस्थाहरु एकीकृत हुँदै

मंसीर २१ , ललितपुर। आ-आफ्ना संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा संगठित ललितपुरका २१ भन्दा बढी जातिय समाजहरुसँगै नेपालभाषा मंका: खल: यल पनि एक्यबद्धभै बनेको यल जातिय समाजलाई बिधिवत दर्ता गरिने भएको छ ।
पाटन झटापोल सत्तलमा मंसीर १९ गते यल जातिय समाजका संयोजक (पा:ल्हा) एवं नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारको अध्यक्षतामा बसेको बैठकले आगामी ६ महिनामा समाजलाई कानूनत दर्ता हुने गरि ९ सदस्यीय तदर्थ समिती गठन गरेको हो ।

ज्यापू समाज यलका अध्यक्ष तिर्थलाल महर्जनको अध्यक्षतामा बनेको उक्त तदर्थ समितिको सचिवमा बौद्ध बिहार संघ ललितपुरका सुरेन्द्र बज्राचार्य, उपाध्यक्षमा चित्रकार (पुँं: समाज)का रत्नमान चित्रकार र कोषाध्यक्षमा स्यस्य: समाजका सुरेन्द्र गोविन्द जोशी रहनुभएको छ । त्यस्तै सदस्यमा नापित समाजका कृष्णमाया नापित, तण्डुकार समाज तर्फबाट शिवराम तण्डुकार, ताम्राकार समाजबाट बिनोद ताम्रकार, नेपाल राष्ट्रिय खडगी समाजबाट बिनोद खडगी (सानु) र सिक:मि समाजका बिष्णु लाल सिक:मि रहनु भएको छ ।

“बढदो शहरी बिकाश र आधुनिक जीवनशैलीसंगै परम्परागत साँस्कृतिक महत्वका जात्रापर्वसँगै जोडिएका विभिन्न आदिवासी तथा जातिय पहिचानसँग सम्बन्धित गुठीगाना, सामाजिक समस्याको निवारणमा सबै सामाजिक संघसंस्था कानूनी र बिधिवत रूपमा दर्ता नभएको अवस्था छ ।” तदर्थ समितिका सदस्य बिष्णु लाल सिक:मिले भने, “नेवा: समुदायको संस्कृतिमा सबै जातजातिय अन्तरसम्बन्धित वा अनतर्निहित रहेको हुँदा सबैखाले समस्यालाई सामूहिक रूपमा सम्बोधन गर्दै जाने लक्ष्य लिएर अगाडि बढन बिगतदेखिनै सकृय रहेको यल जातिय समाजलाई अब थप बिधिवत र कानूनी मान्यता सहितको सामूहिक संस्थाको रूपमा अगाडी बढाउन तदर्थ समितिको निर्माण गरिएको हो ।”

यल जातिय समाजले ललितपुरभित्र आवद्ध सदस्य समाजहरुको संजाल निर्माण गरि आपसी सहमतिमा पालैपालो संयोजकका रूपमा मासिक र आवश्यकता अनूरूप बैठक संचालन गर्दै आएको छ । जिल्लाभित्रका करुणामय मच्छिन्द्रनाथ जात्रा जस्ता मौलिक संस्कृतिमा उत्पन्न हुने विवादको समाधान, नेवा: एकता सम्बन्धित बिभिन्न सरोकारका बिषय र राष्ट्रिय हितका मुद्धामा समाजले विभिन्न गतिविधिहरु गर्दै आएका छन । तदर्थ समितिले पूर्णता पाएपछि पनि बिगतमाझैं प्रत्येक बैठकको संयोजन पा:ल्हा आलोपालो रहने बताईएको छ । मंसीर महिनाको आगामी बैठकको संयोजन पा:ल्हा बाराही समाज रहेको छ ।

Loading...